Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादी जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्टै एमालेमा प्रवेश


    शुक्रबार, बैशाख १६ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्ट नै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनी फेरि एमालेमा फर्किएका हुन् । 

    उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी  ओलीले पार्टी प्रवेश गराएका हुन् । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

    नेकपा (एस)बाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए । उनले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार