Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थापितबाट धेरै महिला यौनदुर्ब्यवहारको शिकार भएका छन्ः रश्मिला प्रजापती


    शुक्रबार, बैशाख १६ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितमाथि यौनदुब्यर्वहार आरोप लागिसकेपछि उनले त्यसको प्रतिवाद उग्र भएर गर्दा उनी झन् विवादमा परेका छन् ।

    बिहीबार नेशनल कलेजमा भावना राउतले स्थापितले यौन दुब्यर्वहार गरेकाले उनलाई काठमाडौंबासीले किन मत दिने भनी प्रश्न गरेपछि उनले आक्रोशित हुँदै जवाफ दिने क्रममा जुन अमर्यादित ब्यवहार देखाए त्यसले उनी विवादमा परेका छन् । प्रश्न सोध्ने राउतलाई नै उनले हिंसा गर्नेगरी प्रतिप्रश्न गरेपछि सामाजिक संजालमा स्थापितको चर्को आलोचना भएको छ । स्थापितको यौनदुव्र्यहारको बिषय कानुनी पाटोबाट टुंगो लाग्छ, दोषीमाथि कारबाही गर्न तयार छ भन्नुपर्नेमा एमाले अध्यक्ष खड्गप्रसा ओलीले उल्टै बचाउ गरेका छन् । ओलीले स्थापितको बचाउ गरेपछि एमाले पार्टीमाथि नै यौनहिंसाको पक्षपोषण गरेको आरोप सामाजिक संजालमा लाग्न थालेको छ ।

    पीडित रस्मिला प्रजापतिले केशव स्थापितबाट आफू र पत्रकार उज्वला महर्जनमात्र होइन, उनीसँग काम गर्ने सबै महिला नै यौनहिंसाको शिकार भएको आरोप लगाएकी छन् । ग्यालेक्सी फोर के टेलिभिजनका रवि लामिछानेसँग बिहीबार सिधा कुरा कार्यक्रममा बोल्ने क्रममा प्रजापतिले भनिन्–‘केशव स्थापितबाट सबै महिला पीडित छन्, अरु डरले नबोलेका हु्न्, मैले र उज्वलाले उनले गरेको यौनदुव्यर्वहारबारे बोल्ने हिम्मत गरयौं ।’    

    प्रजापतिले महिलामाथि भएको यौनदुब्र्यवहारको बिषयमा एमालेका महिला सांसद र नेतृहरु चुप बसेकोमा दुःख लागेको बताएकी छन् । ‘म एउटी महिलामाथि यौनदुव्र्यवहार भएको छ, मैले यो कुरा सार्वजनिक रुपमा भनिरहेकी छु, भोलि अरु महिला पनि स्थापितबाट हिसाको शिकार नहून् भनेर म आवाज उठाइरहेको छु, तर राजनीतिक पार्टीका महिलाहरु नबोलेको देख्दा दुःख लागेको छ ।’  प्रजापतिको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार