Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युरोपा लिगः वेस्ट ह्याम हार्दा फ्रयांकफर्ट र लाइपजिग विजयी


    शुक्रबार, बैशाख १६ २०७९
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । यूइएफए युरोपा लिग सेमिफाइलनको पहिलो लेगमा बिहीबार वेस्ट ह्याम पराजित हुँदा इन्ट्राट फ्रयांकफर्ट र आरबी लाइपजिगले जित निकालेका छन् ।

    पहिलो लेगमा फ्रयांकफर्टले वेस्ट ह्यामलाई उसैको मैदानमा २–१ ले पराजित गर्दा लाइपजिगले घरेलु मैदानमा रेन्जर्सलाई १–० ले पराजित गरेको हो ।

    फ्रयांकफर्टको जितमा एन्सगर नफ र डाइची कमाडाले १–१ गोल गरे । वेस्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काएका थिए ।

    लाइपजिगका भने एन्जेलिनोले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा निर्णायक गोल गरे । सेमिफाइलनको दोस्रो लेग अर्को हप्ता हुनेछ ।

    यसअघि सेमिफाइलन प्रवेशका क्रममा फ्रयांफर्टले बार्सिलोनालाई समग्रमा ४–३ ले र लाइपजिगले एटलान्टा समग्रमा ३–१ ले लाई पराजित गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार