Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना


    शुक्रबार, बैशाख १६ २०७९
    430
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ ।

    दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने आँकलन गरिएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति गण्डकी प्रदेशका थोरै स्थान र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

    शनिबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार