Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विष्णु पौडेल भन्छन्- गठबन्धनमा आबद्ध दलका कार्यकर्ता टाउको समाएर रुँदैछन्


    बिहिबार, बैशाख १५ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा । पूर्व गृहमन्त्री तथा नेकपा एमालेकाउपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएकाे बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगरनगर कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको स्थानीय तह निर्वाचन-०७९ उम्मेदवार अभिमुखीकरणका क्रममा पौडेलले कम्युनिष्ट पार्टीभन्दा जेठो पार्टी कांग्रेस भए पनि एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताए । 

    उनले भने, ‘अहिलेको गठबन्धनको कुनै अर्थ र औचित्य छैन, गठबन्धनमा आबद्ध दलका कार्यकर्ता अहिले टाउको समाएर रुँदैछन् । पसिना पुछ्दै आशु बगाइरहेका छन् यो गठबन्धन एमाले सामु केही होइन ।’ नेता पौडेलले ६० प्रतिशत पालिकामा एमालेले जित्ने दाबी  पनि गरे । उनले पाँच वटा महानगर, नाै वटा उपमहानगर र अधिकांश पालिका जितेर एमालेले स्थानीय सरकार बनाउने बताए । 

    यस्तै एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, खिमलाल भट्टराई, भूमिश्वर ढकाल, भरत पोखरेल, सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र थापा, सचिव नारायण भण्डारीलगायतले सिद्धार्थनगर नगर प्रमुखका उम्मेदवार डाक्टर रामप्रसाद बस्यालले अहिलेसम्म धेरैको मुटु र नाडी छामेकोले यस्तो उम्मेदवार कुनै पार्टीमा नरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार