Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलायती सांसदले संसद्‌भित्र अश्लील सामग्री हेरेपछि…


    बिहिबार, बैशाख १५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन् । 

    ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले  अश्लील सामाग्री हेरेको आरोप लगाएकी छिन् । गत साता एउटा समितिको बैठकमा सो घटना भए दी टाइम्सले जनाएको छ । 

    ती सांसदले अर्को फरक समयमा पनि अश्लिल सामाग्री हेरेको आफूले पाएको तर तस्बीर खिच्न नसकेको अर्की सांसदले गुनासो गरेकी छिन् । 

    सो घटनाबाट बैठकमा उपस्थित धेरै सांसदहरू स्तब्ध भएको र व्यावसायिक ठाउँमा यस्तो हुन सक्छ भनेर विश्वास गर्न नसकेको कन्जरभेटिभ सांसद पाउलिन लाथमले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार