Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार


    बिहिबार, बैशाख १५ २०७९
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो । 

    राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्राँले फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट कसैले उनलाई गोलभेडा प्रहार गरेको थियो । तर, राष्ट्रपतिलाई गोलभेडाले लागेन । म्याँक्रोलाई प्रहार गरेको गोलभेडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो । गोलेभडाले लागेपछि ती सुरक्षाकर्मीले ‘प्रोजेक्टाइल’ भनेर चिच्याएका थिए । 

    तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोँलाई चारै दिशाबाट घेरेका थिए । उनीहरूमध्ये एक जनाले एउटा विशेष झन्डा खोलेर म्याक्रोँलाई ढाकेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार