Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ हुँदै


    बिहिबार, बैशाख १५ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदै छ । गएको मंगलबार सुनुवाइ नसकिएकोले ‘हेर्दाहेर्दै’मा रहेको रिट निवेदनको सुनुवाइ हुन लागेको हो ।

    न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले बिनाकारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै यही वैशाख ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

    गएको चैत्र २५ गते मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । समिति गठनसँगै उनी स्वतः निलम्बनमा परेका थिए ।

    सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका थिए ।

    अल्पकालीन अन्तरिम आदेशलाई निरन्तता दिँदै अन्तरिम आदेश भएमा अधिकारी राष्ट्र बैंकमा आफ्नो कार्यकालभर काम गर्ने गरी रहनेछन् । अन्तरिम नभएर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा भने अधिकारी पदमुक्त हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार