Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज काठमाडौं महानगर मेयर उम्मेदवार सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै


    बिहिबार, बैशाख १५ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएकी छन् । 

    आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित कार्यक्रमबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् । सिंहले शिक्षा, स्वास्थ्य, रोजगार, निःशुल्क खानेपानी, ऐतिहासिक तथा साँस्कृतिक क्षेत्र संरक्षणजस्ता मुद्दालाई प्राथमिकता दिँदै आएकी छन् ।  

    पाँचदलीय सत्ता गठबन्धनबाट काठमाडौंको मेयरमा साझा उम्मेदवार बनेकी सिंहले यसपालि नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितसँग प्रतिस्पर्धा गर्दै छिन् ।

    साथै, काठमाडौंमा अन्य दल र स्वतन्त्रबाट पनि मेयरमा उम्मेदवारी परेको छ । स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा  हुँदैछ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार