Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खेलाडीको पक्षमा बोल्दै कप्तान किरणले भनेः प्रशिक्षक अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट छु 


    बिहिबार, बैशाख १५ २०७९
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन् ।

    खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विवाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिएका हुन् ।

    हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भने, ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ’ ।

    यसअघि एसियन कप २०२३  छनोटका लागि खेलाडी राखिएको होटेलको बिषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसंग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य ९ खेलाडीले सहमति जनाउदै होटेलसहित टिमले अभ्यास सत्र छाडेका थिए ।

    यस्तै किरणले जायज माग उठाउदा क्याम्प नै छोड्न लगाउनु सहि नभएको र आफू खेलाडीको पक्षमा रहेको धारणा राखेका हुन् ।

    किरन भन्छन्र, ‘राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु’ ।जय नेपाल’,  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार