पाेखरा । गण्डकी प्रदेशमा दर्जनभन्दा बढी स्थानीय तहमा पुरानै उम्मेदवार दोहोरिएका छन् । तल्ला पदमा भन्दा माथिल्ला पदमा रहेकाहरू धेरै दोहोरिएका छन् ।
एमालेबाट २८ जना दोहोरिएका छन् भने दुई जना उपप्रमुखबाट प्रमुखमा स्तरोन्नति भएका छन् । यसबाहेक अघिल्लो पटक उम्मेदवार बनेर पराजित भएकाहरू पनि अहिले पुनः उम्मेदवार बनेका छन् ।
एमालेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्रको उपाध्यक्षमा ढिकी गुरुङलाई दोहोर्याएको छ भने लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट पनि दोहोरिएका छन् । मनाङको चामेमा लोकेन्द्र घले र मनाङ ङिस्याङको अध्यक्षमा कान्छा घले दोहोरिएका छन् ।
लमजुङबाट मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, राइनासको मेयर सिंहबहादुर थापा दोहोरिए । स्याङ्जाको फेदीखोलामा घनश्याम सुवेदी अध्यक्षमा दोहोरिएका छन् भने पुतलीबजारको मेयरमा सीमा क्षेत्री र उपमेयरमा महेश पुरी, कालीगण्डकी गाउँपालिका अध्यक्षमा खिमबहादुर थापा र उपाध्यक्ष सावित्रा कोइराला, गल्याङको उपमेयरमा देविसरा थापा र हरिनासको अध्यक्षमा खिमनारायण मानन्धरलाई पुनः टिकट दिएको छ । अर्जुनचौपारीकी बहालवाला उपाध्यक्ष चिनमाया गुरुङलाई अध्यक्षमा उठाइएको छ ।
तनहुँको भीमाद नगरपालिका उपप्रमुख शारदा खनाल र देवघाटका अध्यक्ष दुर्गाबहादुर थापा दोहोरिए । कास्कीको रुपामा अध्यक्ष र उपाध्यक्ष दुवै एउटै पदमा उठेका छन् । नवराज ओझा र लालसुब्बा गुरुङलाई दोहोर्याएको एमालेले जनाएको छ ।
यस्तै, पोखरा महानगरको उपमेयरमा मन्जुदेवी गुरुङनै उठेकी छिन् । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा दोस्राे कार्यकालका लागि थमसरा पुन र मंगला गाउँपालिका अध्यक्षमा सतप्रसाद रोका उठेका छन् ।
नवलपुरको गैंडाकोट नगरपालिकामा छत्रराज पोडेल र देवचुली नगरपालिका उपप्रमुखमा पार्वता तिवारी दोहोरिए । पर्वतको फलेबासमा दुवै जना पुरानै अनुहार आएका छन् । पदमपाणि शर्मा मेयर र मन्जु अधिकारी उपमेयरको टिकट पाए । बागलुङमा ढोरपाटनका मेयर देवकुमार नेपाली र उपमेयर करमती पुन तथा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल दोहोरिएका हुन् ।
कांग्रेसले २६ जनालाई दोहोर्याएको छ भने एक जनालाई उपाध्यक्षबाट अध्यक्षमा बढोत्तरी गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको बहालवाला उपाध्यक्ष बालकुमारी शेरचनलाई अध्यक्षको टिकट दिएको छ । लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखमा रमेश पाण्डे दोहोरिएका छन् । गोरखा नगरपालिका प्रमुखमा राजनराज पन्त, पालुङटारको मेयरमा दीपकबाबू कँडेल, आरुघाटको उपाध्यक्ष कल्पना नेपाली, गण्डकीको अध्यक्ष होमबहादुर राना र उपाध्यक्ष ललिता अधिकारी, सिरान्चोकको उपाध्यक्ष रिता देवकोटा र चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ दोहोरिए ।
स्याङ्जाको वालिङ नगरपालिका मेयर दिलिपप्रताप खाण, कास्की अन्नपूर्ण गाउँपालिका अध्यक्ष यूवराज कुँवर, म्याग्दी रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र मालिकाका अध्यक्ष श्रीप्रसाद रोका पनि दोहोर्याएर मनोनयन दर्ता गरेका हुन् ।
तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्ष गिनुमाया थापा, आँबुखैरेनीका अध्यक्ष गिरबहादुर थापा, म्याग्देका अध्यक्ष माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरे, ब्यासका मेयर बैकुण्ठ न्यौपाने एउटै पदमा दोहोरिएका छन् ।
नवलपुरको बुलिङटारमा शशीकुमार बस्ताकोटी, विनयी त्रिवेणीका अध्यक्ष डम्बरबहादुर जिसी र हुप्सेकोटको अध्यक्ष लक्ष्मीदेवी पाण्डे दोहोरिए । पर्वतमा कुश्मा नगरका मेयर रामचन्द्र जोशी तथा बागलुङमा तमानखोलाका अध्यक्ष जोकलाल बुढा र गलकोटका मेयर भरत शर्मा गैह्रेलाई दोहोर्याएको छ ।
माओवादीले पनि अधिकांश जनप्रतिनिधि दोहोर्याएको छ । यसअघि पाँच वटा पालिकामा मात्रै प्रमुख जितेको माओवादीले चार पालिका दोहोर्याएको छ । गोरखाको सहिद लखनमा रमेशबाबू थापा र ईन्दिरा तिवारीनै उठाएको छ भने बारपाक सुलिकोटमा विष्णु भट्ट र सनमाया गुरुङलाई उठाएको छ । बन्दिपुरको अध्यक्षमा पूर्णसिंह थापा र उपाध्यक्षमा करुणा गुरुङ दोहोरिए ।
८५ मध्ये ४२ पालिकामा प्रमुख दोहोरिएका छन् भने १९ जना उपप्रमुख दोहोरिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend