Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुकीलाई थप पाँच वर्ष जेल सजाय


    बुधबार, बैशाख १४ २०७९
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ । 
    ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो ।

    यो सजायसँगै उनी ११ वर्ष कैदमा बस्नुपर्ने भएको छ । गत डिसेम्बरमा सुकीलाई कोभिड प्रतिबन्ध उल्लंघन गरेको मुद्दामा र जनवरीमा  प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो । 

    सुनुवाइका क्रममा अदालतमा पत्रकारहरूलाई उपस्थित हुन प्रतिबन्ध लगाइएको थियो । त्यस्तै, सुकीका वकिलहरूलाई सञ्चारकर्मीसँग बोल्न पनि रोक लगाइएको थियो । 

    गत वर्ष फेब्रुवरीमा सैन्य कुमार्फत सत्ताच्युत भएपछि सरकारले सुकीमाथि  दर्जनौँ फौजदारी अभियोग लगाएको छ ।  उनीमाथिका अभियोग पुष्टि भएमा सुकी वर्षौँसम्म जेलमा बस्नुपर्नेछ ।

    आफूमाथिका सबै आरोपहरूको सुकीले अस्वीकार गरेकी छन् । त्यस्तै, अदालतको सुनुवाइ निष्पक्ष नभएको अधिकारकर्मीहरूको भनाई छ ।
    अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छिन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार