काठमाडौं । मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । वैशाख ५ मा बढुवा समितिको वरीयता सूचीमा १ नम्बरमा रहेका डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिसलाई सदर गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए ।
अर्यालको बढुवा सिफारिस विरुद्ध कुनै उजुरी परेको थिएन । एआईजीमा बढुवा गरेसँगै उनी भावी सशस्त्र प्रहरी महानिरीक्षक हुने भएका छन् । एआईजीमा बढुवामा अर्यालसँगै नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल प्रतिस्पर्धामा थिए ।
अर्याल र नारायणदत्त पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतम २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् । अर्याल २०७९ वैशाख १८ पछि आईजीपी नियुक्त हुनेछन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend