Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • मेयर उठ्न उपसचिवबाट राजीनामा दिएका भुसालले टिकट नपाएपछि..


    मंगलबार, बैशाख १३ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मेयरको टिकट दाबी गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर का विष्णुप्रसाद भुसालले  टिकट पाएनन् ।

    कांग्रेसका नेता डा. शशांक कोइरालाले देवचुली नगरपालिकामा मेयरको टिकटको लागि ‘ग्रीन सिग्नल’ दिएपछि नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उनले उपसचिवबाट राजीनामा दिएका थिए ।

    तर कांग्रेसले अन्तिममा उनलाई टिकट नदिई विष्णु बस्ताकोटीलाई उम्मेदवार बनायो ।

    निरन्तर राजनीति मै लाग्ने बताउँदै उनले टिकट दिने नदिने विषय पार्टीको भएको भन्दै एउटा नेताले मात्रै नदिएको, दिएको भनेर टिप्पणी नगर्ने जानकारी दिए । 

    २५ वर्षे निजामति सेवा पूरा गरेका उनले सामान्य प्रशासन मन्त्रालयमा बुझाएको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार