Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसारकै सबैभन्दा बढी उमेरकी तानाकाको ११९ वर्षमा मृत्यु


    मंगलबार, बैशाख १३ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । संसारकै सबैभन्दा बढी उमेरकी महिला बितेकी छन्।

    जापानको स्वास्थ्य मन्त्रालयका अनुसार ११९ वर्षकी काने तानाकाको वैशाख ६ गते निधन भएको हो। उनी सन् १९०३ जनवरी २ मा जन्मिएकी थिइन्।

    गिनिज वर्ल्ड रेकर्डले तानाकाको निधनले स्तब्ध भएको जनाएको छ। सन् २०१९ जनवरीमा गिनिज बुकले तानाकालाई संसारकी सबैभन्दा बढी उमेर भएकी जिवित मान्छेका रूपमा रेकर्ड राखेको थियो।

    उनी संसारमा सबैभन्दा बढी समय बाँच्ने दोस्रो व्यक्ति हुन्। उनीभन्दा अघि जिन काल्मेन्ट मात्रै छन्। उनी १२२ वर्ष बाँचेर सन् १९९७ मा बितेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार