Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १८ वर्ष पछि हत्याको आरोपित पक्राउ 


    मंगलबार, चैत्र ४ २०७६
    710
    Shares
  • १ मिनेट पाठ
  • धादिङ, ४ चैत । १८ वर्षपहिले घाटी थिचेर हत्या भएका साइली थापाका हत्यारालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ ।  सौतेनी आमा थापाको हत्या गरी फरार भएका प्रतिवादी ५८ वर्षका कान्छा थापा भन्ने रण बहादुर थापालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

    धादिङ थाक्रे गाँउपालिका-६ रानीबारी बस्ने ५८  वर्षिय थापालाई ब्युरोले पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको ब्युरोले जनाएको छ।

    उनले गत २०५८ साल माघ १४ गते अंशसम्बन्धी विवादको कारण थापालाई आफ्नै घरभित्र घाँटी थिची हत्या गरेका थिए।

    घटनापश्चात फरार रहेका कान्छा लामो समयसम्म काठमाको टेकुमा लुकीछिपी बस्दै आएका थिए भने पछिल्लो समय आफ्नै घरमा गएर बसेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार