ललितपुर । नेकपा एमाले ललितपुर महानगरपालिकाका मेयरका उम्मेद्दार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य(आस्था) ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्धय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशिर्वाद लिएका छन् ।
आज मनोनयन गर्ने दिन बिहान तीनैजना नेताको निवासमा पुगेर आशिर्वाद लिएका थिए । आशिर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । अस्वथ्यताको कारण किस्ट अस्पताल भर्नापछि हिजोमात्र डिस्चार्ज हुनुभएका जोशीले एमालेका मेयरका उम्मेद्दार ब्यञ्जनकार र उपमेयरका उम्मेद्दार शाक्यलाई आशिर्वाद दिनुभएको थियो । त्यस अवसरमा सताब्दीपुरुष जोशीले दुवैजनालाई विजयीको लागि शुभआशिर्वाद दिनुभएको थियो ।
लगत्तै शंखमु्ल स्थित दिद्धिलाल सिहको निवासमा पुग्नुभएका दुवैजना उम्मेद्दारलाई आशिर्वाद दिदै सिहलेभन्नुभयो–ललितपुर महानगरपालिकाको समग्र विकास गर्न तपाईजस्ता उम्मेद्दारको आवश्यक छ । यो निर्वाचनमा दुवैजनाको विजयी हुने विश्वास सहित आर्शिवार्द दिन्छु भन्नुभयो । ८६ वर्षे एमाले नेता सिहले जनताको आवश्यकता अनुसार काम गर्नको लागि एमालेको विजय आवश्यक रहेको बताउनुभयो ।
त्यस लगत्तै पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशिर्वाद ग्रहण गर्नुभएको थियो । त्यस क्रममा उहाले विजयको शुभकामना दिनुभएको थियो । ८४ वर्षिया श्रेष्ठले आफ्नो जीवनमा ललितपुर महानगरमा एमालेको उम्मेद्दार विजय भएको हेर्न चाहेको बताउनुभयो ।
भेटपछि प्रतिक्रिया दिदै मेयरका उम्मेद्दार ब्यञ्जनकार र उपमेयरका उम्मेद्दार शाक्यले इतिहासपुरुष जोशी र दुई वामपन्थी नेताको आशिर्वाटबाट आफुहरुको विजय सुनिश्चित रहेको बताउनुभयो । उहाहरु दुवैजनाले केहीबेरमा महानगरको निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend