जनकपुरधाम । धनुषामा पालिका प्रमुख टिकट नपाएपछि दल बदल खेल अझै जारी छ । जनकपुरधाम उपमहानगरको मेयरको टिकटको आश्वासन पाएर एक हप्ताअघि एमाले प्रवेश गरेका जानकीराम साहले टिकट नपाएपछि पार्टी परित्याग गरेका छन् ।
एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि जानकीराम साहले सोमबार एमाले परित्याग गरेको हुन् । उनी स्वतन्त्र वा तमलोपाबाट उम्मेदवारी दिने तयारीमा छन् ।
जनकपुर– ७ का वडाध्यक्षसमेत रहेका साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका थिए । उनलाई एमाले अध्यक्ष केपी ओली आफ्नै निवासमा एमाले प्रवेश गराएका थिए।
त्यसैगरी, कांग्रेसबाट विदेह नगरपालिकाको मेयरमा टिकट पाउने आशमा वरिष्ठ प्रहरी उपरीक्षकबाट राजीनामा दिएका गोविन्द साह टिकट नपाउने देखेपछि स्वतन्त्र उम्मेदवारी तिने तयारीमा छन् ।
जसपाबाट टिकट नपाउने देखेपछि गणेशमान सिंह चारनाथ नगरपालिका मेयर रामबाबु यादव लोसपामा प्रवेश गरेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend