Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङमा ठूला दलले आज मनोनयन दर्ता गराउने


    सोमबार, बैशाख १२ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि लमजुङमा ठूला राजनीतिक दलले आज सोमबार उम्मेदवारी दर्ता गराउने भएका छन् । एमाले, कांग्रेस र माओवादीलेसहितका दलहरुले समयमै उम्मेदवार छनोट गर्न नसक्दा आइतबार मनोनयन नै दर्ता गराएनन् ।

    लमजुङमा सत्तारुढ चार दलले गठबन्धन गर्ने भनिए पनि साझा उम्मेदवार छान्‍न सकेका छैनन्। ८ स्थानीय तह रहेको लमजुङमा एक स्थानीय तहको प्रमुखम माओवादीले पाउने भएको छ ।

    गठबन्धन दलमा माओवादीलाई दोर्दी गाउँपालिकाको प्रमुख, राइनास नगरपालिका, मर्स्याङदी गाउँपालिका, मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाको उपप्रमुख दिनेगरी सहमति भएको भनिए पनि आइतबार रातिसम्म उम्मेदवार सार्वजानिक गरिएन ।

    बेसीसहर र सुन्दरबजार नगरपालिकामध्ये एउटाको उपप्रमुख एकीकृत समाजवादीलाई तथा एउटा माओवादी केन्द्रलाई दिने सहमति भएको छ । नेकपा एमालेले पनि एक पालिकाबाहेक अन्यन्त्र आफ्ना उम्मेदवार सार्वजनिक गरेको छैन ।

    एमालेबाट क्होँलासोँथर गाउँपालिका अध्यक्षमा सूर्य गुरुङ सर्वसम्मत उम्मेदवार छनोट भएका छन्। चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा ७५ वटा वडा छन् । लमजुङमा ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । ०७४ मा एमालेले पाँच स्थानीय तहको प्रमुख र चार स्थानीय तहमा उपप्रमुख जितेको थियो ।

    माओवादीले दोर्दी गाउँपालिका प्रमुख र मर्स्याङदी गाउँपालिकाको उपप्रमुख मात्र जितेको थियो । मध्यनेपाल, राइनास र दूधपोखरीमा माओवादी उमेदवार पराजित भएका थिए भने एमालेको दुधपोखरी गाउँपालिकाको उपप्रमुख उम्मेदवार पराजित भएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसले दूधपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुख, मध्यनेपाल नगरपालिकाको प्रमुख, राइनास र सुन्दरबजार नगरपालिकाको उपप्रमुख जितेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार