जुम्ला । जुम्लामा गठबन्धन हुन नसकेपछि दलहरू आसन्न स्थानीय तह निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा जुम्लामा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच तालमेल नहुने भएपछि एक्लाएक्लै चुनावी मैदानमा उत्रिने भएका हुन् ।
चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरू आ-आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो । यसअघि केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलरअनुसार जिल्लामा पनि दलहरू छलफलमा जुटेका थिए।
तर, सबै दलले आ–आफ्नो अडान कायम राखेपछि सहमति नभएको माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुवँरले बताए । उनका अनुसार प्रदेश गठबन्धनको निर्णय एकीकृत समाजवादीले अस्वीकार गरेपछि गठबन्धन टुटेको हो ।
कांग्रेसले पनि हामी एक्लै चुनाव लड्ने भनेपछि गठबन्धन नहुने देखिएको उनले बताए । एकीकृत समाजवादी पार्टी अध्यक्ष तीर्थ बुढाका अनुसार समाजवादीको मागलाई बेवास्ता गरिएपछि गठबन्धन टुटेको हो ।
‘गठबन्धनमा तिला र सिंजा गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादीलाई छुट्याइयो । तर, हामीले गुठीचौर र हिमा गाउँपालिका मागेका हौँ । उनीहरूले दिन नमाने भएपछि गठबन्धन नहुने भयो,’ उनले भने ।
कांग्रेस पुर्व सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागबन्डा नमिल्दा गठवन्धन टुटेको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend