काठमाडौं । विवेकशील साझा पार्टीबाट विराटनगर महनगरपालिकाको प्रमुख पदका उम्मेदवार अमलेश कर्ण हुने भएका छन् । उनको उम्मेदवारी दर्ता हुन भने बाँकी छ ।
उनी पार्टी केन्द्रीय सदस्य हुन् । २०७४ सालको निर्वाचनमा कर्ण मोरङको क्षेत्र नम्बर–४ का उम्मेदवार थिए ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले कर्णलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
भ्रष्टाचारविरोधी अभियानमा उनी जोडिँदै आएका छन् । बीबीएसम्मको अध्ययन पूरा गरेका उनको संलग्नता सामाजिकसँगै खेलकुदसम्बन्धी संघसंस्थामा पनि रहँदै आएको छ ।
बैठकले चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा प्रवीण काफ्लेलाई र उपप्रमुखमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।
२८ वर्षीय काफ्ले मेकानिकल इन्जिनियर हुन् । ‘तातो भात’ अभियानका योजनाकारमध्येका उनी एक हुन् । अभियानमार्फत् काफ्लेलगायतले २८ दिनसम्म भरतपुरमा कोभिड संक्रमित विरामीका कुरुवाहरूलाई निःशुल्क खाना खुवाएका थिए ।
उपप्रमुख पदमा उम्मेदवार बन्ने भएकी सापकोटा पार्टी केन्द्रीय सदस्य हुन् । उनी महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्य क्षेत्रकी अभियन्ता हुन् । स्वास्थ्य तथा जनसंख्या विषयमा उनले स्नातकोत्तर गरेको प्रवक्ता पाठकले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend