Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्खाल लगाएको विषयलाई लिएर कुटपिट गर्दा एक जनाको मृत्यु


    आइतबार, बैशाख ११ २०७९
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । सिरहा नगरपालिका–१३ फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट शनिबार मृत्यु भएको छ । 

    कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने ४१ वर्षीय लक्ष्मी महरा र उनकै भाइ ३२ वर्षीय ब्रहम देव महरालाई प्रहरीले पक्राउ गरेको छ ।  

    धनेश्वरले पर्खाल लगाएको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    ईलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो ।   

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार