Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेंगलोरविरुद्ध हैदराबादको सहज जित


    आइतबार, बैशाख ११ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ ।

    शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । ६९ रनको सामान्य  विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४७ रन बनाए । केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे ।

    यसअघि टस हारेर ब्याटिङ गरेको  बेंगलोर १६ ओभर १ बलमा सवै विकेट गुमाउदै ६८ रनमा  समेटियो । बेंगलोरका सुयश प्रभुदेशाईंले सर्वाधिक १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

    हैदराबादका मार्को ज्यानसन र टि नटराजनले ३-३ विकेट लिए ।

    जितसँगै हैदराबाद ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जितसहित समान १० अंक बनाउदै चौथो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार