लमजुङ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेवारी दिनका लागि जिल्लाका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका छ्न । लमजुङमा स्थानीय तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिन थालेका हुन । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पनि वडाध्यक्ष पदबाट राजीनामा दिएका छ्न । उनी पुन: एमालेबाट वडाध्यक्षमा उठने भएका छ्न ।
बिहीबार लमजुङको बेशिसहर नगरपालिका वडा नम्बर ५ का वडासदस्य प्रेम बहादुर तामाङले वडाध्यक्षमा उम्मेदवारी दिन वडा सदस्यबाट राजिनामा दिएका छन ।
यस्तै बेसिसहर नगरपालिका ३ का वडासदस्य श्रीकान्त घिमिरेले पनि वडासदस्य पदबाट राजीनामा दिएका छ्न । उनले बेसिशहर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन राजिनामा दिएको हुन । उनीहरु दुबै जना नेपाली काग्रेसबाट उम्मेदवारी दिन लागेका हुन । ११ वैशाखअघि नै पदबाट राजीनामा दिने तयारी भइरहेको जनप्रतिनिधिहरूले बताएका छन् । लमजुङमा ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् ।
जिल्लामा ७५ वटा वडा छन् । त्यसैगरी जिल्लाका अन्य जनप्रतिनिधिहरूले पनि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पुनः उम्मेदवारी दिन पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् ।