चितवन, ४ चैत । चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पताल निर्माण हुने भएको छ। कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै भरतपुर उक्त अस्पताल निर्माण हुन लागिएको हो ।
'अस्पताल ७२ घण्टाभित्र सेवा सञ्चालनमा ल्याउने गरी निर्माण हुने छ ।' प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, 'कोरोना विशेष अस्पताल निर्माण हुने लागिएको हो ।'
अस्पतालमा १० वटा आइसियू, १० वटा एचडियू र ५० वटा जेनेरल बेड रहनेछन्। भरतपुरस्थित उद्योग संघको सभाहल क्षेत्रमा अस्पताल निर्माण हुने छ। अस्पतालको व्यवस्थापनको लागि १३ जनाको टोली गठन भएको छ।
भरतपुर महानगरपालिका र निजी क्षेत्रसँगको सहकार्यमा अस्पताल निर्माण हुन लागेको उनले बताए।