महोत्तरी । स्थानीय तह निर्वाचनका लागि बर्दिबास कार्यालयले उम्मेदवारी समय तालिका सार्वजनिक गरेको छ । बर्दिबास निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले मतदान गर्ने समयभन्दा अगाडिको विभिन्न प्रक्रियाका लागि समयतालिका सार्वजनिक गरेका हुन् ।
उम्मेदवार मनोनयन दर्ता गर्न बर्दिबास नगरपालिकाको निर्वाचन कार्यालयले २ दिनको समय राखेको छ। उम्मेदवार मनोनयन दर्ता गर्न ११ वैशाखदेखि १२ वैशाखसम्म बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुला गरिएको छ ।
उम्मेदवारी दर्ता भएका उम्मेदवारको सूची १२ वैशाखकै बेलुका ५ बजेदेखि ६ बजेको बीचमा प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ को उपदफा १ अनुसार व्यवस्था गरिएको उम्मेदवारविरुद्ध उजुरी दिन १३ वैशाख बिहान १० बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।
१४ वैशाख र १५ वैशाखमा उजुरीउपर निर्णय भएपछि १५ वैशाखमा उम्मेदवारको नाम प्रकाशन गरिने निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए ।
अन्तिम नामावली भने १६ वैशाखमा प्रकाशन गरिनेछ । १७ वैशाखमा उम्मेदवारलाई चिन्ह प्रदान गरेपछि ३० वैशाख बिहान ७ बजेदेखि नै मतदान सुरु हुनेछ ।
बर्दिबास नगरपालिकामा ५८ मतदानस्थल छन् भने ती स्थलमा झण्डै ४७ हजार मतदाताले मतदान गर्नेछन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend