Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली कांग्रेस पनौती नगरमा किन यस्तो भयो ? 


    शुक्रबार, बैशाख ९ २०७९
    2.8K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेससहित सत्तारुढ दलहरुबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन भएको छ । महानगरपालिका र उपमहानगरपालिकाको गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ५ पाटीएले केन्द्रबाट टुंगो लगाएका छन् । नगरपालिका र गाउँपालिकाहरुको सम्बन्धित जिल्ला नेतृत्वले टुंगो लगाउने भनिएको छ । तर जिल्ला तहमा धेरै ठाउँमा गठबन्धन हुन सकेको छैन ।

    यसैक्रममा काभ्रेमा पनि गठबन्धनको लागि बैठक पटक पटक बसे पनि टुंगो लगाउन सकिरहेको छ । नेपाली कांग्रेसले गठबन्धन नभए मित्रवत प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।

    यसैक्रममा नेपाली कांग्रेसका लागि पनौती नगरपालिकामा उम्मेदवार छनौट प्रक्रिया चोटिलो भएको छ । नेपाली काँग्रेस पनौती नगरका सभापतिले विधान अनुसार आकांक्षी मध्येबाट २ पुरूष र एक महिलामात्र नाम सिफारिस गरेको दाबी गरिरहँदा राजेश श्रेष्ठ, प्रल्हाद केसी, भोला थापा, राजेन्द्र पसछे लगायतको थप ११ जनाको नाम सिफारिस सूचीमा अटाएको छैन । कांग्रेसको राजनीतिमा यी अनुहार पनौतीका लागि सबैभन्दा अग्रस्थानमा आउँछन् ।

    उम्मेदवार छनौटको लोकतान्त्रिक विधि, प्रक्रिया र मापदण्डलाई खुल्ला रूपमा चुनौती दिदै स्थानीय ११ जना प्रभावशाली नेताहरूको नाम सिफारिस नगर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ती ११ जना प्रभावशाली नेताहरूले प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र बाग्मती प्रदेश कार्यसमितिमा ज्ञापनपत्रसमेत बुझाई सकेका छन् । केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमगाईंको नगर पनौतीमा पटक पटक यस्तो अलोकप्रिय गतिविधि भएको यो पहिलो घटना भने होइन ।

    कांग्रेसको नगर समितिले गरेको सिफारिसले पनौती नगरपालिकामा पार्टीकै लागि गम्भीर संकट पैदा गरेको छ । नगर समितिले आफू सभापति र उम्मेदवार नै नभएको ब्यक्तिलाई मेयरमा सिफारिस गरेका कारणले सिफारिसमा नपरेका ठूलो पंक्ति रुष्ट भएर उपल्लो तह र तप्कामा निबेदन दिएर हिंडिरहेका छन् । यस्तो अवस्थामा नगरपालिकामा प्रभाव राख्ने ब्यक्तिलाई मेयरको लागि सिफारिस गरी जिताउन लाग्नुपर्नेमा एकले अर्कोलाई असहयोगको वातावरण पैदा भएको प्रष्ट देखिएको छ । जसका कारण काँग्रेसलाई अपूरणीय क्षति हुनेमा नेताहरु चिन्तित रहेको पाइएको छ । यस्तोमा नेताहरु दुबैलाई मिलाएर लैजान सक्ने पात्रको खोजीमा रहेको बुझिएको छ ।

     पनौतीको मेयरका लागि काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष हुँदा धेरै सामाजिक कार्य गरेका, नेपाली कांग्रेसका पूर्ब क्षेत्रीय सदस्य, हाल बीपी बिचार समाजका अध्यक्ष प्रल्हाद के सी उपयुक्त हुने धेरै काँग्रेसीहरुले चर्चा गर्दैआएका छन् । सशस्त्र प्रहरी बलको एसएसपी भएपछि काभ्रे सेवा समाजमार्फत् प्रजातन्त्रवादीहरुलाई एकत्रित गर्न लागिपरेका केसीको राष्ट्रसेवाको अनुभवलाई पनौतीको मेयर बनाएर सदुपयोग गर्न सकिने पनौतीकै कांग्रेसजनहरुले पनि महसुस गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार