Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुगुमा समाजवादीले टुंग्यायो उम्मेदवारी, मेयरमा पारस सिफारिस  


    शुक्रबार, बैशाख ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंगो लगाएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उक्त पार्टी मुगुले उम्मेदवार टुंगो लगाएको हो ।  छायाँनाथ रारा नगरपालिकाको  मेयर पदमा पारसमणी मल्ललाई उम्मेदवार बनाउने निर्णय भएको  छ ।

    सोरु गाउँपालिकामा धर्मबहादुर शाहीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको समाजवादी मुगुले जनाएको छ । 

    खत्याड गाउँपालिका र मुगुमकामारोगँ गाउँपालिकामा आकांक्षीको मूल्यांकधानका आधारमा उम्मेदावारी टुङ्गो लगाइने भएको छ ।

    छायाँनाथ रारा नगरपालिकामा उपप्रमुखका लागि कुञ्जुमा कुमाई, नेताप्रसाद चौलागाई, विरेन्द्रबहादुर मल्ल , ईन्द्रिरा हमाल र शिवलक्ष्मी मल्लको नाम सिफारिस गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार