Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


    बिहिबार, बैशाख ८ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ । स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

    मुख्य निर्वाचन अधिकृतसमेत रहेका  जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको बताए।

    लमजुङ सदरमुकाम बेसीसहरमा रहेको जिल्ला समन्वय समितिको  भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएकाे हाे । लमजुङ जिल्लाका सबै आठ स्थानीय तहमा पनि आजै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले बताए।  लमजुङमा चार गाउँपालिका र चार  नगरपालिका रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार