Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विकासन्मोख देशहरूकाे आर्थिक सुधारका लागि विशेष प्याकेज ल्याउन विश्व समुदायसँग राष्ट्रपति भण्डारीको आग्रह


    बिहिबार, बैशाख ८ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्ता विकासन्मोख देशहरूकाे आर्थिक सुधारका लागि विशेष प्याकेज ल्याउन विश्व समुदायसँग आग्रह गरेकी छन् ।

    चीनको हिनान प्रान्तमा जारी एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशहरूमा महामारी नियन्त्रण र त्यसले असर परेको आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न बोआओ फोरममा आवद्ध मुलुकहरूसँग आग्रह गरेकी छन् ।

    भण्डारीले गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उनले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक सुधारका लागि विश्व समुदायलाई उदार प्याकेज ल्याउनसमेत विशेष आग्रह गरिन् ।

    जलवायु परिवर्तनका कारण हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे प्रकाश पार्दै भण्डारीले त्यसबाट बच्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार