Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठगीको आरोपमा एक व्यक्ति पक्राउ


    मंगलबार, चैत्र ४ २०७६
    830
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ४ चैत । काठमाडौंको गंगबुबाट  वैदेशिक रोजगारीका लागि दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

     बाग्लुङको ढोरपाटन नगरपालिका ४ खुङ्गा स्थायी घर भई हाल काठमाडौंको रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगरलाई आज प्रहरीले पक्राउ गरेको हो । 

    पीडितहरुको उजुरीको आधारमा उनलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले मगरलाई सोमबार गंगबुबाट पक्राउ गरेको हो ।

     उनले आकर्षक तलव सुविधाको प्रलोभन देखाइ वर्किङ भिषामा दुबई पठाइ दिने भन्दै ९ जना व्यक्तिहरुबाट १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेको महाशाखाले जनाएको छ ।

    मगरलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पठाइएको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार