Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै,यस्ता छन् कार्यक्रम


    बिहिबार, बैशाख ८ २०७९
    475
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् । उनी तीन दिने भ्रमणका लागि काठमाडाैं आउन लागेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । 

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार टेड्रोस भारत हुँदै नेपाल आउन लागेका हुन् ।

    तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा डा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् ।

    नेपालमा रहँदा टेड्रोसले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ । भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार