Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जितपुर सिमराका वडाध्यक्षमाथि आक्रमण, ६ जना घाइते


    बुधबार, बैशाख ७ २०७९
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगञ्ज । बाटोको विषयमा विवाद हुँदा बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२३ मा नेकपा (एमाले)का दुई पक्षबीच झडप भएको छ ।

    वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् ।

    झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

    मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिएको छ । 

    वडा अध्यक्ष देवानको घाँटी, छाती र ढाडमा चोट लागेको छ । एमालेबाट टिक नपाएर माओवादीबाट चुनाव लडेका देवान निर्वाचित भएपछि पुन: एमालेमा फर्किएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार