Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले प्रवेश गर्ने तयारीमा लोसपा नेता यादव 


    बुधबार, बैशाख ७ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सञ्जय यादव (बारा) ले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, पार्टीमा केही नेताको मनपरी चलेको जस्ता आरोप नेता यादवको रहेको छ । 

    उनले पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताएका छन् । उनी तत्कालीन राजपाको सह महामन्त्री थिए । लोसपा बनेपछि हालसम्म कार्यकारिणी समितिबाहेक अरू कुनै समिति बनेको छैन । त्यसमा पनि उनको गुनासो रहेको छ । 

    उनी एमाले पार्टीमा जाने तयारी गरिरहेका छन् । स्रोतका अनुसार नेता यादवले एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग पटक–पटक छलफल गरेका छन् । केही दिनमै उनी एमालेमा प्रवेश गर्ने स्रोतले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार