काठमाडौँ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको छ । टीकापुर घटनामा अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने जनाएको हो ।
सो पार्टीले अहिलेसम्म धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ ।
अन्य स्थानीय तहमा बढी आकाङ्क्षी भएकाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । जोशीपुर गाउँपालिकामा दुई जना आकाङ्क्षी रहेकाले टुङ्गो नलागेको बताए । जोशीपुरमा चित्रबहादुर चौधरी र चक्रबहादुर चौधरी र बर्दगोरिया लोकेन्द्र खडका र भजनलाल कठरिया आकाङ्क्षी रहेका छन् ।
कैलाली अध्यक्ष अध्यक्ष कैलाश चौधरीले भने– पहिचानवादी मधेसी दल रहेका छन् । संगठनका हिसाबले कैलारी, भजनी, जोशीपुर, टीकापुर लगायतमा हामी बलियो रहेका छौँ ।’ उनले अन्य दलहरूसँग चुनावी तालमेल नगर्ने बताए ।
रेशम चौधरीको प्रभाव क्षेत्र मानिएको टीकापुर, जानकी लगायतमा अहिले चार दलले सोही अधिकार र पहिचानको नारा लिँदै उम्मेदवारहरू बनाउने तयारी गरेको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलारी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रहेका चन्द्रप्रसाद भन्छन् पहिचानवादी दलले टीकापुर घटनालाई लिएर राजनीति बढी गरिरहेको छ ।
उनले रेशम चौधरीको नाममा राजनीति बढी भएको भन्दै आक्रोश व्यक्त गरे । उनले आफ्नो दलले अन्य दलहरूसँग चुनावी तालमेल नगर्ने बताए । कैलारी गाउँपालिकामा पार्टी दर्ता भएपछि विशेषतः तत्कालीन मधेसी लोकतान्त्रिक जनअधिकार पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतबाट सो पार्टीमा प्रवेश गरेका छन् ।
उनले अहिले चुनावी प्रचार–प्रसारसँगै संगठन विस्तारलाई पनि जोड दिइरहेको बताए । कैलारी गाउँपालिका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभाव क्षेत्र मानिन्छ । २०७४ सालको निर्वाचनमा सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए भने नेपाली काँग्रेस दोस्रो दल रहेको थियो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend