Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६ लाखका खसीबोका र गाडीसहित एक जना पक्राउ


    मंगलबार, बैशाख ६ २०७९
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगञ्ज । प्रहरीले भारतबाट ल्याएका ३७ वटा खसीबोका र गाडीसहित बर्दिया एक जनालाई पक्राउ गरेको छ ।

    क्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका वडा नं.३ का २६ वर्षीय राजकुमार बानिया रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका वडा नं. ६ मा प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा ३७ वटा खसीबोका बोकेको गाडीसहित एक जनालाई पक्रेको हो ।

    उनले भन्सार तथा पशु क्वारेन्टाइन छलेर ती खसी बोका नेपाल भित्र्याएका कारण पक्रनु परेको प्रहरीले स्पष्ट पारेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार