Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालयौन दुरुपयोग गरेको आरोपमा २० वर्षीय युवक पक्राउ


    मंगलबार, बैशाख ६ २०७९
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ओखलढुङगा । १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

    ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।
    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार