Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलको मेयर उम्मेदवारमा कांग्रेसबाट खेलराज पाण्डे सिफारिस


    मंगलबार, बैशाख ६ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेद्‍वारमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ ।

    स्राेतका अनुसार पार्टीले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको हाे ।

    एकल नाम सिफारिस भएकाले मेयर पदमा कांग्रेसबाट पाण्डेको उम्मेद्‍वारी निश्चित भएको छ । पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंहलगायत पनि मेयरका आकांक्षी थिए ।

    पाण्डे पार्टीका नगर सभापतिसमेत हुन् । उनी अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित भएका थिए । 

    यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी,रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवाली सिफारिस भएका छन् ।

    ५ दलीय गठबन्धनमा आबद्ध दलहरुले पनि कांग्रेसबाट खेलराज पाण्डे मेयरको उम्मेद्‍वार हुनुपर्ने मत राख्दै आएका थिए । बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले पनि दावी गर्दै आएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार