Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज बैशाख ६ गते मंगलवारको राशिफल


    मंगलबार, बैशाख ६ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। आज   बैशाख  ६ गते मंगलवार  २०७९ । तद्नुसार  अप्रिल महिनाको १९ तारिक ।यस्तो छ  आजको भाग्यफल 

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : 

    आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :

    मानसिक चिन्ता बढेपनि श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । रोकिएका काम भने यथावत् नै रहनेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : 

    आज नयाँ र मङ्गल कार्यको योजना बन्नेछ । राज्य र समाजबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : 

    आज वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : 

    सामान हराउने वा चोरी हुने भय छ । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : 

    आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरको सामान्य मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  

    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको र गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : 

    आज राज्यबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो हुँदै जानेछ । सेयरबजार र कृषि कारोबारमा अधिक सफलता मिल्नेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : 

    आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : 

    प्रतिष्ठा कमाउने बेला छ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : 

    नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : 

    आज शेयरबजारबाट लाभ मिल्नेछ । वैदेशिक कारोबारमा अधिक सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चलनेछ र सफल यात्रा पनि हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार