Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन महानगर कांग्रेसलाई- बाँकी तीन माओवादी, समाजवादी र जसपाकाे भागमा


    सोमबार, बैशाख ५ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्तारूढ गठबन्धनले महानगरको भागबण्डामा माओवादी, एकीकृत समाजवादी र जसपालाई एक एक महानगर पर्ने गरि तयारी गरेकाे छ ।

    प्रचण्डका अनुसार छ महानगरमध्ये तीन महानगर कांग्रेसले राखेर बाँकी तीन महानगर माओवादी, एकीकृत समाजवादी र जसपालाई एक एक दिने तयारी भएकाे हाे ।

    महानगर कहाँ कसले लिने भन्नेबारे करिब सहमति भइसकेको बताउँदै प्रचण्डले भने ‘आज साँझसम्म महानगर र उपमहानगरबारे सहमति बनिसक्छ ।’ 

    कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ ।

    माओवादीले भरतपुर महानगर दाबी गरेको छ । एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताएको छ भने जसपाले वीरगञ्ज महानगर मागेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार