Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिस्का जात्राको अन्तिम दिन: हात नभएको लिङ्गो जात्रा सम्पन्न


    सोमबार, बैशाख ५ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अन्तिम दिन आज सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ ९हात नभएको लिङ्गो० ढाल्ने जात्रा सम्पन्न भएको छ ।

    पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो आज विधिपूर्वक पूजा गरी ढालिएको हो ।  

    ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोको टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । यो लिङ्गोमा काठको नाकसमेत राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चारवटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा सम्पन्न भइसकेपछि गःहिटिमा राखिएको भैरवनाथको रथलाई साँझ तान्न मिल्ने अवस्थामा राखिन्छ  । यो जात्रा हेर्नाले सुख, समृद्धि सहकाल हुनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता छ । आजको जात्रासँगै नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार