Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • गगन थापा भन्छन्- गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन, फरक परिणाम आउन सक्छ


    सोमबार, बैशाख ५ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह चुनावमा गठबन्धन गर्नुपर्छ भनेर केन्द्रबाट निर्णय लाद्न नहुने बताएका छन् ।

    तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको बेला जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम हुने बताएका हुन् ।

    ‘निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुन्छ, तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा हाम्रो लागि स्वाभाविक कुरा होइन,’ कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा थापाले भने ।

    उनले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरुले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने समेत बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार