Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेलाई हराउनकै लागि भएपनि मिलेर जान जरुरी छः अध्यक्ष गुरुङ


    सोमबार, बैशाख ५ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले माउ पार्टी काँग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताएका छन्। नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रममा गुरुङले काँग्रेसको नेतृत्वमा सरकार बनाउन काँग्रेसको जित अनिवार्य रहेको बताए ।

    उनले भने, ‘चाहरे पनि, नचाहेर पनि गठबन्धन गरेर चुनावमा जानु छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाज्यूले दिनुभएको निर्देशनलाई हामी सबैले मान्नुपर्छ ।’ एमालेलाई हराउन पनि मिलेर जान जरुरी रहेको उनले बताए ।  

    ‘एमालेको अहंकार र घमण्डलाई तोडेर काँग्रेसको जित गराउनुछ’, अध्यक्ष गुरुङले भने, ‘एकताबद्ध बनेर काँग्रेसलाई जिताउन अनुरोध गर्न चाहन्छु ।’

    अध्यक्ष गुरुङ काँग्रेसका उम्मेदवारहरूलाई जिताउन तरुणहरूको भूमिका रहेको बताए । उनले सबै तिक्तताहरू भुलेर गठबन्धनलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

    कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले काँग्रेसले बहुमत स्थानीय तहमा जित्ने बताएका छन् । त्यसका लागि आफूहरू तयारी अवस्थामा रहेको बताए ।

    कार्यक्रममा नवप्रवेशीहरूलाई तरुण अध्यक्ष गुरुङले स्वागत गरेको तरुण दल बर्दघाट नगर कार्यसमितिका अध्यक्ष विकास थापाले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार