Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीलङ्का सङ्कटः औषधि र उपकरणको अभावमा स्वास्थ्य क्षेत्र प्रभावित


    सोमबार, बैशाख ५ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा स्वास्थ्य क्षेत्र नराम्ररी प्रभावित भएको छ । त्यहाँका डाक्टरले तत्काल अन्तर्राष्ट्रिय निकायले सहयोग नगरे स्वास्थ्य क्षेत्र ध्वस्त हुने बताएका छन् ।

    दिनदिनै भएका सामग्रीहरु सकिँदै गएको तर आयात नभएकाले कसरी अगाडि बढ्ने भन्ने सङ्कटमा परेको डाक्टरले बताएका बीबीसीले जनाएको छ । अस्पतालहरुमा स्टक औषधि र मेडिकल उपकरण सकिँदै गएकाले उनीहरुले तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

    श्रीलङ्काले ८५ प्रतिशत स्वास्थ्य क्षेत्रका सामग्री आयात गर्दै आएको थियो तर आर्थिक सङ्कट चुलिएसँगै अहिले आपूर्तिमा कठिनाइ भएको छ ।

    औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियासमेत रोकिन थालेको छ । यसैबीच, श्रीलङ्का सरकारले ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ ।

    छलफल सफल भयो भने श्रीलङ्कामा आईएमएफबाट झन्डै चार अर्ब अमेरिकी डलर प्राप्त गर्ने आशा गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार