Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रले गठबन्धनबारे पत्रकार सम्मेलन मार्फत धारणा सार्वजनिक गर्दै 


    सोमबार, बैशाख ५ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गर्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पत्रकार सम्मेलन आयोजना हुन लागेको नेकपा माओवादी केन्द्रले जनाएको छ।

    स्थानीयतहको निर्वाचन र गठबन्धनका विषयमा नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो। 

    अध्यक्ष दाहालले आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिने कार्यक्रम रहेको उनका स्वकीय सचिव सूर्य किरणले जानकारी दिए।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार