Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानमा पाकिस्तानको हवाई हमला, ४७ जनाको मृत्यु


    सोमबार, बैशाख ५ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । पाकिस्तानको हवाई हमलामा परी अफगानिस्तानको पूर्वी भागमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको खोश्त र कुनार प्रान्तमा आक्रमण भएको हो ।

    खोश्तका एक शीर्ष अधिकारी शाबिर अहमद उस्मानीले पाकिस्तानी हवाई हमलामा ४१ जना सर्वसाधारणको मृत्यु भएको र २२ जना घाइते भएको जानकारी दिए ।

    मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । खोस्तका अन्य दुई अधिकारीले पनि मृत्यु भएको पुष्टि गरेका छन् । मन्त्रालयका अनुसार विगत केही महिनादेखि पाकिस्तानले तालिवान सरकारलाई पाकिस्तान(अफगान सीमा क्षेत्र सुरक्षित गर्न बारम्बार आग्रह गरेको छ।

    यसअघि अफगानिस्तानमा तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानी सेनाले शनिबार बिहान अफगानिस्तानको कुनार र खोस्ट प्रान्तका केही भागमा गोली प्रहार गरेको र ठूलो क्षति पुगेको आरोप लगाएको थियो।

    पाकिस्तानी विदेश मन्त्रालयको एक विज्ञप्ति अनुसार प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) लगायत चरमपन्थी समूहहरूले पाकिस्तानी सीमामा रहेको सुरक्षा चौकीमा आक्रमण गर्दै आएका छन् र यी आक्रमणहरूमा धेरै पाकिस्तानी सैनिकको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार