Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकल दुर्घटना हुँदा रौतहटमा एक जनाको मृत्यु


    सोमबार, बैशाख ५ २०७९
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रौतहट । रौतहटमा गएराति दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यभाग  देवाहीगोनाही नगरपालिका ४ स्थित पटेलचौक र इमलियाटोलबीच सडकखण्डमा आइतबार राति १० बजे दुई मोटरसाइकल जुध्दा बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ४ का २२ बर्षीय कमोद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मौलापुर बाट जयनगरतर्फ जाँदैगरेको बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३९ एफ ५००३ नम्बरको मोटरसाइकल  उक्त स्थानमा जुधेको थियो ।

    दुर्घटनामा परेर अचेत भएका यादवलाई  उपचारको लागि गरुडास्थित अस्पतालमा पठाउँदा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । मृतक यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

    दुर्घटनामा समान्य घाइते भएका भारत बिहारका १६ बर्षीय विकास यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  विकासलाई नियन्त्रण लिएर घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर लम्सालले जानकारी दिए ।

    अर्को मोटरसाइकल चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको दुई वटै मोटरसाइकल नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार