पोखरा।नेकपा एकीकृत समाजवादीले पोखराको मेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष धनराज आचार्यसहित महानगर इन्चार्ज श्रीनाथ बराल, मदनकाजी श्रेष्ठ, विजयबाबु बनबासी, दामोदर शर्मा र प्रेमबहादुर थापाको नाम सिफारिस भएको छ ।
६ वैशाखसम्म आकांक्षीले नाम टिपाउन पाउने बताइएको छ । यसैबीच, उपमेयरमा ३ जनाको नाम प्रस्ताव गरिएको छ । होमबहादुर नेपाली, पूर्ण लामा र संगीता केसीलाई उपमेयरमा सिफारिस गरिएको अध्यक्ष धनराज आचार्यले बताए ।
उनका अनुसार जिल्लाका ७२ वटै वडामा अध्यक्षसहित चार सदस्य र पालिकाको अध्यक्ष उपाध्यक्षको नाम पनि सर्वसम्मतबाट सिफारिस गरिएकाे छ । अन्नपूर्णमा प्रेम पौडेल, माछापुच्छ्रेमा असिम गुरुङ, मादीमा मधुसुदन देवकोटा र रुपामा कपिल पौडेल सर्वसम्मत अध्यक्षको सिफारिस भएका हुन् ।
धनराज र श्रीनाथ महानगरमा हेभीवेट नाम हुन् भने अरुले चर्चाका लागि मात्र नाम दर्ता गरेको एक नेताले बताए । ‘नाम टिप्दैमा टिकट पाइने होइन । तर मनपरी नाम आयो,’ उनले भने, ‘अब यो नाम प्रदेशमा जान्छ । त्यहाँबाट छाँटिएर केन्द्रमा पुग्ला ।’
अहिले प्रस्तावित नामबाट प्रदेश कमिटीले दुई पुरुष र एक महिलाको मात्र नाम केन्द्रमा पठाउने आचार्य बताउँछन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend