Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ जना घाइते


    आइतबार, बैशाख ४ २०७९
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्याङजाको वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको छ भने मृतक पाँच जनाको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार