Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतमा टेप्मो दुर्घटना : एकजनाको मृत्यु, तीनजना घाइते


    आइतबार, बैशाख ४ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रीत भएर पल्टीदा एकजनाको मृत्यु भएको छ । दुर्घटना चालक सहित ३ जना घाइते भएका छन् । 

    मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदम बहादुर रासकोटी रहेका छन् । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ बर्षीय गोपाल पुन र ४२ बर्षीया पुर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    बेतनीबाट गुमीतर्फ आउदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो हिजो साँझ पौने ७ बजे पल्टीएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार